aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आशा लघुवित्तले प्राप्ति प्रस्ताव पारितका लागि बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
आशा लघुवित्तले प्राप्ति प्रस्ताव पारितका लागि बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो । 

यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २५ करोड ९९ लाख रहेको छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन् । 

प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ । प्राप्ति पछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने तथा केन्द्रिय कार्यालय बनेपा नगरपालिका –१३ काभ्रेपलाञ्चोकमा रहने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस