aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंकको कर्मचारी हो भन्दै कसैले ओटिपी मागे नदिनूः राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
बैंकको कर्मचारी हो भन्दै कसैले ओटिपी मागे नदिनूः राष्ट्र बैंक

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंक विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउने आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ठगीबाट जोगिन आग्रह गरेको हो ।    

विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ‘वान टाइन पासवर्ड (ओटिपी)’  निश्चित अंकको नम्बर नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको पाइएको छ । यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ/कनेक्ट आईपिएस/वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरि ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ ।   

यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु नगराउन राष्ट्र बैंकले जनाएको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन सकिने राष्ट्र बैंकले जनाएको छ ।      
 

प्रतिक्रिया दिनुहोस