aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट दिनका लागि एक रेष्टुरेन्टसंग सम्झौता गरेको छ । बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ ।  

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेन्टमा ग्राहकहरुले विभिन्न प्रकारका जापनिज परिकारहरुको स्वाद लिन सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाटमा उपलब्ध छ ।   
 

प्रतिक्रिया दिनुहोस