aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बिहिबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरिएको हो । 

जसबाट एउटै सदस्यले ४२ लाख  भन्दाबढी रकम प्राप्त गरेको बैंकले जनाएको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ÷संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ १५ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ । 

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५,४७४ सहकारी संघ÷संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । 

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जा तर्फ ११ लाख ४८ हजार ४ सय ९८ रपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाँईलेले बताए । “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु ७३३ रहेका छन् । हाल बैंकमा १६ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ को लागि बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस