aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ ३२ गते ऋणपत्र बाँडफाँट गरिएको हो ।

बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरेको छ ।

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ % एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस