aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

चाडपर्व नजिकिँदै गर्दा हुन्डीको कारोबार फस्टायो, रेमिट्यान्स कम्पनी पनि मिसिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
चाडपर्व नजिकिँदै गर्दा हुन्डीको कारोबार फस्टायो, रेमिट्यान्स कम्पनी पनि मिसिए

काठमाडौं ।  चाडपर्व नजिकिँदै जाँदा हुन्डी व्यापारी सल्बलाउन थालेका छन् । अवैधानिक बाटो (हुन्डी) बाट रकम भित्र्याएर मनग्य आम्दानी गर्न पल्केकाहरु चार्डपर्वमा बढी रकम भित्र्याउने तयारीमा जुटेका छन् । 

व्यापारी मात्र होइन, रेमिटयान्स कम्पनीसमेत चाडपर्वमा अवैधानिक तबरबाट रकम भित्र्याइरहेका छन् । वैधानिक बाटोबाट भित्र्याउने कम्पनी नै अवैध बाटोबाट रकम भित्र्याइरहेको बिज्ञहरुको भनाइ छ । धेरैजसो रकम बैधानिक बाटोबाट भित्र्याए पनि केही रकम अवैधानिक रुपमा नेपाल भित्र्याइरहेको उनीहरुको बताउँछन् । तर, यस कार्यको निगरानी राष्ट्र बैंकले समेत गर्न सकेको छैन ।

विगतका बर्षहरु खासगरी चार्डपर्वमा अवैधानिक बाटोबाट रेमिटयान्स व्यापारी तथा रेमिटयान्स कम्पनीले पनि भित्र्याउँदै आएका थिए । तर, बैंधानिक खोल ओढेर अवैधानिक कार्य गर्नेहरु रेमिट्यान्स कम्पनीलाई पनि कारबाही हुन सकेको छैन । रेमिट्यान्स कम्पनीले नै राष्ट बैंकका नियमन गर्ने कर्मचारीलाई मोटो रकम दिने र त्यस्तो कार्यलाई संरक्षण प्रदान गर्दै आएका छन् ।

बैधानिक माध्यमबाट मात्र गत वर्ष ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्समार्फत नेपालमा भित्रिएको छ । हुन्डीबाट पनि त्यही रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको बिज्ञहरु बताउँछन् ।कतिपय देशबाट त अझै पनि हुन्डीबाट नै रकम आउने गरेको छ । कतिपय व्यापारीले हुन्डीको रकमबाट विदेशबाट सामान ल्याउने र नेपालमा उनीका परिवारलाई रकम दिने गरेका छन् । यसले गर्दा पनि रेमिटयान्स बार्षिक कति भित्र्न्छ भन्ने अनुमान गर्न कठिन भएको पनि बताइन्छ । 

विगतमा कतिपय मुलुकमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज नभएर पनि हुन्डीबाट रकम ल्याउन बाध्य थिए । त्यसकारण पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्रबाट रेमिट्यान्स ल्याउन अप्ठ्यारो थियो  । पछिल्ला समय ती राष्ट्र«मा धेरै रेमिट्यान्स प्रदायक संस्थाको संख्या बढेको छ  । नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको छ । तर, अझै पनि ती देशबाट हुन्डीबाट नै रकम आउन भने छाडेको छैन ।

विदेश जाने नेपालीको संख्या पोहोरभन्दा घटे पनि विदेशबाट आउने रेमिटयान्स र हुन्डीको व्यापार भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्र्एिको थियो ।  गत आर्थिक वर्षमा पौनै ९ खर्बको रेमिट्यान्स आएको छ ।  वैदेशिक रोजगारीमा जाने नेपाली ३८.६ प्रतिशतले घटेका छन् । तर, रेमिटयान्स भने १९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

मुलुकको आम्दानी भनेकै रेमिट्यान्स भएको छ । नेपालको वार्षिक बजेटको स्रोतका रुपमा सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अग्रस्थानमा परेको छ ।  संयुक्त राष्ट्रसंघको कृषि विकासका लागि अन्तर्राषर््िट्र«य कोषले सार्वजनिक गरेको प्रतिवेदनमा रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको छ ।

अन्तर्राषर््िट्र«य कोषको प्रतिवेदनअनुसार रोजगारीका लागि विदेश जानेले पठाएको रकमले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३२ प्रतिशत ओगटेको जनाएको छ । नेपालमा रेमिटयान्सको प्रवाह दातृ निकायबाट प्राप्त हुने आधिकारिक आर्थिक सहायता (ओडीए) भन्दा धेरै छ । 

नेपाली वैदेशिक रोजगारीमा जाने प्रचलनको इतिहास लामै भए पनि अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भएको भने धेरै भएको छैन । विशेषगरी सन् १९९६ पछिको एक दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको अस्थिरताको वातावरणमा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्स बनेको छ ।  यसरी भित्रिएको रेमिटयान्सको आम्दानीबाट देशको समष्टिगत अर्थतन्त्र तथा व्यक्तिगत परिवारको आर्थिक विकासमा टेवा पुगेको छ भने देशमा विद्यमान गरिबी र बेरोजगारको चपेटामा परेका युवा दक्ष, अर्ध–दक्ष तथा अदक्ष युवाले रोजगारी प्राप्त गरेका छन् ।

अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिटयान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंकको भनाइ छ । यो वर्ष नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिटयान्स अमेरिकी डलरमा आउँछ  । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ  ।

विदेशमा नेपाली श्रमिकले कमाएको धेरै रकम हुन्डी कारोबारीका कारण विदेशमै अड्किएर बस्ने गरेको छ । औपचारिक माध्यम अर्थात् बैंकिङ च्यानलबाट सबै रकम रेमिटयान्सको रुपमा नआउनुको मूल कारण हुन्डीको कारोबारले गर्दा हो भन्ने कुरामा दुईमत छैन । गैरकानुनी रुपमा रकम ल्याउने÷लैजाने र विदेशी मुद्रामा चलखेल गर्ने हुन्डी व्यवसायीहरू झनै मौलाउँदै गइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस