aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सनराइज बैंकद्वारा वृक्षारोपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
सनराइज बैंकद्वारा वृक्षारोपण

काठमाडौं । सनराइज बैंकले  आफ्नो १२ औं वाषिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वृक्षाकार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको बुढानिलकण्ठस्थित राधा कृष्ण मन्दिरबाट कार्यक्रमको सुरुवात गरेको थियो ।
 

कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका सञ्चालकलगायत बैंकका अन्य पदाधिकारीले पनि बृक्षरोपण गर्नुभएको थियो । सोही दिन बैंकले विराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस