aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु बैंकले एमजी इलेक्ट्रिक भेहिकल खरिद गर्न कर्जा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
प्रभु बैंकले एमजी इलेक्ट्रिक भेहिकल खरिद गर्न कर्जा दिने

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रालिबिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रालिद्धारा आयात गरिएको एम्जी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस