aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेलायती पाउण्डको बिक्रीदर १६८ नाघ्यो, अमेरिकी डलर कमजोर बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असार २०८०
बेलायती पाउण्डको बिक्रीदर १६८ नाघ्यो, अमेरिकी डलर कमजोर बन्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस