
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सि.वि.आई.एल क्यापिटलको प्रमुखकार्यकारी अधिकृतको रूपमा कार्य सम्पादनगर्दै आएका समिर प्रसाद दाहालबैशाख २० गतेबाट लागु हुने गरी उक्त बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
करिव १६ वर्ष अघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुखवित्तअधिकृतको रूपमा यस बैंकसंग आबद्ध भएका दाहाल यस अघिबैंकको भगिनी संस्था सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
उनले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपूर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका नववियुक्त सहायक प्रमुखकार्यकारी अधिकृत दाहाल बैंकरहरु बीच एक सफल रणनैतिककार, दुरदर्शी,लगनशील,मिहेनतीव्यक्तिका रूपमा परिचित ब्यक्ति हुन् ।
उक्त सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस