aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
फाइल फोटो

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग राखेका छन् । बैठकमा बोल्दै सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्, सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्”, उनले भने ।

त्यस्तै, सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन्। सङ्घीय संसद, प्रतिनिधिसभाको आजको बैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरे । “सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने।

त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उहाँले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएको बताए ।

“खोजी जारी छ तथापी पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी  बेपत्ताको खोजी गरोस्”, उनले भने ।

सांसद अशोककुमार चौधरीले विपत्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए । उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त गरे । उनले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस