aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लक्ष्मी बैंक विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
लक्ष्मी बैंक विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । आइतबार  काठमाडौंमा सम्पन्न भएको बैंकको साधारण सभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार शुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस