aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्टबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्टबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता भएको छ । पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।      

उक्त सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र इन्भेष्ट फर इम्प्याक्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थितको वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिनेछ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ । 
 

प्रतिक्रिया दिनुहोस