aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सिर्जना फाइनान्सले हकप्रद जारी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
सिर्जना फाइनान्सले हकप्रद जारी गर्दै

काठमाडौं । सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शेयर असोज ५ गतेसम्म कायम सदस्यले मात्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएको हो । 
कम्पनीले असोज १७ गतेदेखि कात्तिक २१ गतेसम्म १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । ४६ करोड ७ लाख ८२ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको ६० प्रतिशत हकप्रदपछि ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले अ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस