aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्लोबल आइएमई क्यापिटलको विशेष साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
ग्लोबल आइएमई क्यापिटलको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको विशेष साधारणसभा सम्पन्न भएको छ । आईतबार सम्पन्न भएको सभाले बिओके क्यापिटल मार्केटलाई गाभ्ने प्रस्ताव सर्वसम्मतीका साथ पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटलले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सञ्चालन भई विगत १५ (पन्ध्र) वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डु एक आपसमा गाभिई गत पुष २५ गतेदेखि एकीकृत रुपमा वित्तीय कारोबार सञ्चालन गरिसकेका छन् । नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्नेछ । 

यसका साथै सो कार्य बैंकहरु गाभिएको ६ महिनाभित्र सम्पन्न गरी एक मात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने व्यवस्था रहेकाले ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एउटै कम्पनी बनाउने प्रयोजनको निमित्त गरिएको सो सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । 
 
    
   
                         

प्रतिक्रिया दिनुहोस