aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ निरन्तर उकालो, कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ निरन्तर उकालो, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस