
काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा केबिएलएम डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस