
काठमाडौं । हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंककको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस