aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनबीए र युएसएआइडी ट्रेड एण्ड कम्पिटेभिटनेसबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असार २०८०
एनबीए र युएसएआइडी ट्रेड एण्ड कम्पिटेभिटनेसबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र युएसएआइडी ट्रेड एण्ड कम्पिटेभिटनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र युएसएआइडी ट्रेड एण्ड कम्पिटेभिटनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद संचालन गर्नुका साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल गरी उनीहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् ।

प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस