aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको छ ।

 उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । 

सानिमा बंैकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप  हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस