aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा सानिमा रिलायन्स लाईफले गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा सानिमा रिलायन्स लाईफले गर्ने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबिच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागी सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागी भरपर्दाे बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका छन् ।

बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आवद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागी बिना भेदभाब “हामी गर्छाे,सबैका लागी,सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस