aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा ‘प्याड एटिएम’ हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा ‘प्याड एटिएम’ हस्तान्तरण

काठमाडौं ।  सनराइज बैंकले ‘प्याड एटिएम’ प्रदान गरेको छ । महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी बैंकले ‘प्याड एटिएम’ प्रदान गरेको हो ।  

बैंकले आज एक कार्यक्रमका बिच काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान ‘प्याड एटिएम’ र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, सिएसआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरिएको हो । 

हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानेटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने गरेको देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस