aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार  १० अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
 
बैंकका अनुसार ९१ दिने अवधिका लागि  चार अर्ब तीन करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि  चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ ।

३६४ दिने अवधिका लागि  दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस