aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आजको विनिमयदर : कुन देशको मुद्राको नेपाली मूल्य कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
आजको विनिमयदर : कुन देशको मुद्राको नेपाली मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ७ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ १ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस