
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटडले असार २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । असार ६ गते बसेको सञ्चालक समितिको बैठकले ताम्राकार पार्टी भन्यु पनौती, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निणय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने विषय पनि सभामा छलफल हुनेछ ।
यदि मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प््रयोजनका लागि असार १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस