aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमालयन बैंकको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
हिमालयन बैंकको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस