
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला नेपाल राष्ट्र बैंकले रिर्भस रिपो मार्फत सो बराबरको तरलता उठाउन लागेको हो ।
बिहिबार जारी हुने उक्त रिर्भस रिपो एक सातामा परिपक्व हुनेछ । उक्त रिपो न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत बिक्री हुनेछ । सो प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
बजारमा करिब ३ खर्ब रुपैयाँअधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर ४.१ प्रतिशत रहेको । राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपो मार्फत बजारमा रकम पठाउने गर्छ भने बैैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिउपछि रिर्भस रिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस