aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमालयन बैंकका ग्राहकले आरोगिन हेल्थ केयरमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
हिमालयन बैंकका ग्राहकले आरोगिन हेल्थ केयरमा विशेष छुट पाउने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । 

काठमाडौंको विशालनगर स्थित सो हेल्थ केयर सेन्टर र बैंकबीच भएको सम्झौता अनुसार उक्त संस्थाले हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट दिनेछ । छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरुबाट भुक्तानी गर्न सक्नेछन्  ।   

प्रतिक्रिया दिनुहोस