aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज कुन देशको मुद्राको कतिमा हुँदैछ कारोबार ? यस्तो छ मूल्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
आज कुन देशको मुद्राको कतिमा हुँदैछ कारोबार ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस