aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रतिकित्ता १२६ मा ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
प्रतिकित्ता १२६ मा ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक तर्फको १ लख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर असार १० गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिशेयर रू. १२६ मूल्यमा उक्त शेयर असार १७ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । 

यो शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार १८ गते सोमवार दिउँसो ३ बजे खोलिने कार्याक्रम तय भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शिलबन्दी बोलपत्र खोलिने जानकारी कम्नपीले दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस