
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ७ लाख १७ हजार ९०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख १६ हजार ६७३ कित्ता शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी र ६ लाख १ हजार २३४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले दुबै समूहका शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको ६ लाखभन्दा बढी कित्ता शेयर तोकिएको अवधिभित्र विक्री नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस