aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनता बैंकले गर्यो लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
जनता बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । जनता बैंकले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा दिन प्रस्ताव गरेको छ ।  बैंकलको  आइतबार बसेको सञ्चालक समितिको २९१ औं बैठकले आ.ब. २०७५÷०७६ मा बैंकले प्राप्त गरेको मुनाफा उक्त लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपैयाँ नाफा गरेको छ । 

२०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस रुपैया र चौरानब्बे पैसा  लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस