aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सिभिल लघुवित्तद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
सिभिल लघुवित्तद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीको लागि १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ६ गते सोमबार कम्पनीले सूचना जारी गरी ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको जानकारी गराएको हो । 
हाल कायम ११ करोड ४१ लाख १४ हजारको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । गत आवमा कम्पनीले १ करोड ६३ लाख ८८ हजार नाफा गरेको छ । गत आवसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी  १४ दशमलव ३६ रहेको छ । कम्पनीले ४५ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ११ करोड ९८ लाख १९ हजार ७०० पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस