aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तको हकप्रद बाँडफाँड, ५६ हजार कित्ता लिलाम हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
ग्लोबल आइएमई लघुवित्तको हकप्रद बाँडफाँड, ५६ हजार कित्ता लिलाम हुने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २१ दखि भदौ २३ गतेसम्म शतप्रतिशत हकप्रद जारी गरेको थियो । कम्पनीले असार ३१ गतेसम्मका कायम शेयरधनीका लागि ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर जारी गरेको थियो । 
त्यस अवधिमा रितपूर्वक आवेदन दिने १० हजार २३३ जना शेयरधनीहरुलाई १० लाख ४८ हजार १४ कित्ता शेयरको बाँडफाँट गरेको हो । बाँकी ५६ हजार ५६१ कित्ता शेयर भने कम्पनीले लिलामीमा बिक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस