aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ऋण लैजाने ऋणीलाई ऋण तिर्ने वातावरण बनाइदिन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
ऋण लैजाने ऋणीलाई ऋण तिर्ने वातावरण बनाइदिन आग्रह

बागलुङ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीमा अध्यक्षहरुको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न भएको छ । सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्नु पर्ने नेतृत्वदायी भूमिकाका विषयमा छलफलका लागि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।     

 कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सहकारीहरुलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुसँगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरुलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसंग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए ।  
    
 केही सहकारी संस्थाहरुले वचत फिर्ता गर्न नसकेका कारण सबै सहकारीप्रति अविश्वास बढ्दै गएको भन्दै सहभागीहरुले खरावलाई कार्वाही गर्न र राम्रो काम गर्नेहरुप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । 
    
 सहकारीहरुलाई समस्या पर्दा छाता संघहरु र राष्ट्रिय सहकारी बैंकले सहजीकरणको काम गर्नु पर्ने, राज्यका निकायहरुले नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको समसामयिक अवस्था तथा बैंकका तर्फबाट भैरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बैंकको वित्तीय अवस्था र शाखाबाट सञ्चालन भैरहेका सेवाहरुका बारेमा जानकारी गराएका थिए ।     
         

प्रतिक्रिया दिनुहोस