aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बोनस प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारणसभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
बोनस प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारणसभा बोलायो

काठमाडौं । सानिमा बैंकले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ । 
बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि गरी  ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाको लागि तय भएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस