aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आधाभन्दा बढीले घट्यो लक्ष्मी उन्नती कोषको नोक्सानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
आधाभन्दा बढीले घट्यो लक्ष्मी उन्नती कोषको नोक्सानी

काठमाडौं । लक्ष्मी उन्नती कोषको नोक्सानी रकम वैशाखको तुलनामा जेठ महिनामा घटेको छ । वैशाख मसान्तसम्म रू. ८ करोड ८१ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना जेठ मसान्तसम्म रू. ४ करोड १६ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । वैशाख मसान्तसम्म रू. ७ करोड ८२ लाखभन्दा बढी ऋणात्मक रहेको योजनाको जेठ मसात्तसम्म रू. ३ करोड ६ लाखभन्दा बढी आम्दानी ऋणात्मक रहेको छ ।

खर्च रकम भने वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म रू. ९८ लाख ९६ हजार खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. १ करोड १० लाखभन्दा बढी खर्च गरेको छ । योजनाले जेठ मसान्तसम्म धितोपत्रमा रू. ४६ करोड ७२ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले सूचीकृत धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. ३९ करोड २१ लाखभन्दा बढी रहेको छ ।

सार्वजनिक निष्कासनको धितोपत्रमा गरेको लगानीको मूल्य रू. २४ लाख २६ हजारभन्दा बढी रहेको जानकारी योजनाले दिएको छ । बैंक मुद्दती निक्षेपमा योजनाले रू. ७ करोड लगानी गरेको छ । ६ करोड ५२ लाख ६२ हजार ३६० इकाई जेठ मसान्तसम्म कायम भएको योजनाको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ६९ रहेको छ । वैशाख मसान्तसम्म योजनाको यो मूल्य रू. ९ दशमलव ९८ रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस