काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म रू. ९ दशमलव ७२ रहेको योजनाको प्रतिइकाई मूल्य जेठ मसान्तसम्म रू. १० दशमलव ५६ रहेको छ ।
योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्र बजारमा लगानी गर्ने उदेश्य सहित सञ्चालित योजनाले जेठ मसात्सम्म रू. १ अर्ब ३ करोड ६१ लाखभन्दा बढीको लगानी गरेको छ । जेठ मसान्तसम्म योजना रू. १३ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । वैशाख मसान्तसम्म योजना रू. २४ करोड ६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो ।
जेठमा योजनाको नोक्सानी रकम कम भएको हो । वैशाख मसान्तसम्म रू. २ करोड २२ लाखभन्दा बढी जम्मा आम्दानी ऋणात्मक रहेको योजनाको जेठ मसान्तसम्म जम्मा आम्दानी रू. ११ करोड ५३ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वैशाखमा रू. १ करोड ८३ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म रू. २ करोडभन्दा बढी खर्च गरेको छ । खर्च रकम यो महिना बढेको हो ।
प्रतिक्रिया दिनुहोस