aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

महिला उद्यमीहरुसँग पोखरा रोयल सहकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
महिला उद्यमीहरुसँग पोखरा रोयल सहकारी

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुलेगौडा सेवाकेन्द्र अन्तर्गतका महिला उद्यमीहरुलाइ लक्षित गरि वित्तिय सचेतना र डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा महिला उद्यमी संघ शुनपा ईकाइ र महिला उद्यमी विकास समिती, शुक्लागण्डकी उद्योग बाणिज्य संघमा आवद्ध ५६ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । संस्थामा हाल ६८ प्रतिशत महिला सदस्य कायम रहेका छन् । संस्थाले शेयर सदस्य एवं शुभेच्छुकहरुलाई लक्षित गरि नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ ।

संस्थाका संचालक तथा दुलेगौडा सेवाकेन्द्र व्यवस्थापन उपसमिती संयोजक एक बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले सहकारी संस्था लगाएत अन्य वित्तिय संस्थाहरुको वर्तमान अवस्था, वित्तिय सुरक्षा र डिजिटल साक्षरता जस्ता विषयमा प्रस्तुतीकरण गरेका थिए . 

संस्थाका सुचना प्रविधी विभाग प्रमुख अविनाश पौडेलले आजको युगमा प्रयोग भएका विभिन्न सामाजिक संजालहरु र डिजिटल प्रविधिमा आउने समस्या र तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण प्रस्तुत गरेका थिए । 

सेवाकेन्द्र व्यवस्थापन उपसमिती सदस्य जोशिला थापाले सहभागिहरुलाई स्वागत मन्तव्य, महिला उद्यमी संघ शुनपा ईकाइका अध्यक्ष तुलसी शाहले सहभागिहरुको तर्फवाट मन्तव्य राख्दै संस्थाले महिला उद्यमीलाई लक्षित कार्यक्रमले अत्यन्तै उत्साहित भएको जनाए । उक्त कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सरस्वती भुजेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस