aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रतिकित्ता १४५ मूल्यमा सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
प्रतिकित्ता १४५ मूल्यमा सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ रहेको छ भने सर्वसाधारण तर्फको शेयरमूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस