aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मुक्तिनाथ विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
मुक्तिनाथ विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ५ लाख कित्ता संस्थापक शेयर असार १५ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने तोकेको छैन् । खरीदकर्ता आफैले के कति दरमा खरीद गर्ने हो समेत खुलाएर आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. २३७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस