aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न अस्पतालहरूमा ह्विलचियर वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न अस्पतालहरूमा ह्विलचियर वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा ह्विलचियर वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालहरूमा ह्विलचियर वितरण गरेको हो । 

बैंकले मधेस प्रदेश स्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्र ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्विलचियर हस्तान्तरण गरेको छ । बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने बैंकले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस