aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समाज लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असार २०८०
समाज लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीबाट १४.२५ प्रतिशतका दरले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दले हुन आउने एक लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

हाल संस्थाको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस