aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालयको निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालयको निर्माण

भद्रपुर । सनराइज बैंक लिमिटेड भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरलनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालयको निर्माण गरेको छ । आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख  बिनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गराइएको थियो ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख  राधा कार्की, वडा नं. ५ का वडाध्यक्षी बन्धु कार्की बैंकका शाखा प्रबन्धक  भरत प्रसाई लगायतको उपस्थिती रहेको थियो । उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्क सम्म यात्रा गर्ने दैनिक सयौं यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

नगरपालिका प्रमुख  गणेश कुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सनराइज बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए । सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस