aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज ओरालो झर्‍यो अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य, कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
आज ओरालो झर्‍यो अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १९ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँ ६० पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस