
काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले बैंक र निजी क्षेत्र दुवैलाई एकै पटक कस्ने नीतिले अहिलेको समस्या आएको बताएका छन् । मंगलबार अमेरिकी सहयोग नियोग युएसएआइडीले मंगलबार आगामी मौद्रिक नीतिका बारेमा सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । गभर्नर समेत बनिसकेको डा अतिवडाले राष्ट्र बैंकको नियमन र सुपरिवेक्षण क्षमतामाथि समेत प्रश्न उठाएका छन।
उनले भने, राष्ट्र बैंकले ‘प्रुडेन्ट पोलिसी’ लिइरहेको भनिरहँदासमेत किन बैंकले लगानी गरेको ऋणहरु डुबे त ?’ मन्द गतिको अर्थतन्त्र र बढ्दो खराब ऋणकाबीचमा अबको मौद्रिक नीति निर्माणलाई व्यवहारिक बनाउन सुझाव दिएका छन।
यस्तो अर्थव्यबस्था भएको बेलामा आगामी मौद्रिक नीति चालु वर्षजस्तो कसिलो पनि हुनु नहुने र त्यसो भन्दैमा फेरि एकदमै खुकुलो नीति पनि आवश्यक नभएको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस