aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नबिल बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
नबिल बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा निवेदन दिएको हो ।

विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ७ वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८७ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस