काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ २२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस