aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले ४० हजारभन्दा बढी कित्ता शेयर बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
सांग्रिला डेभलपमेन्ट बैंकले ४० हजारभन्दा बढी कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक तर्फको ४० हजार २०० कित्ता संस्थापक शेयर असार २० गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले शिव लाल भण्डारीको नाममा रहेको १२ हजार २०० र गोबर्धन ढकालको नाममा रहेको २८ हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस