
काठमाडौं । फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
अब उक्त प्रस्ताव असोज २८ गते हुने कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।साधारण सभाको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १४ गतेदेखि २८ गतेसम्म बन्द गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस